
काठमाडौं । नेपालमा आज ५ हजार २९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १६ हजार ८८ नमुना परीक्षणमा ५ हजार २९२ जना संक्रमित थपिएका हु्न् ।
आज थपिएका ५ हजार २९२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ८१ हजार ४०४ पुगेको छ ।
आज काठमाडौंमा १३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना गरी उपत्यकामा १७२२ जना संक्रमित थपिएका हुन् । अघिल्ला दिनका तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या आधा घटेको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार १९१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८ हजार १९१ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७४३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ६०३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको ३ करोड १२ लाख ४३ हजार ५०३ मात्रा खोप लगाइसकिएको छ । ती मध्ये १ करोड ४२ लाख ४ हजार २७० जनाले पहिलो मात्रा र १ करोड ४२ लाख ४ हजार २७० जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका अनुसार ३ लाख ६९ हजार २२६ जनाले अतिरिक्त मात्राको खोप लगाएका छन् ।


