दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती हराएको भन्दै श्रीमान आए मिडियामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २३ गते, आईतवार १८:३९

काठमाडौं, २३ माघ । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलन ४ महिना अगाडी श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।
कार्यक्रममा बोल्दै गलैचा कारखानामा काम गर्ने भोलनले भने,‘सबै प्रहरी प्रशासनमा खबर गरेपनि अहिलेसम्म केही पत्ता लागेको छैन् । घरमा २ वटा छोराहरु छन्, उनीहरुको बिचल्ली भएको छ ।’ माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनीहरुको एउटा ४ वर्ष र अर्को ६ वर्षको छोरा भएको पनि उनले जानकारी दिए । उनले श्रीमती तास खेल्ने र आफुले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए ।
असोज ३० गते चापाँगाउँबाट हराएर एक हप्ता पछाडी माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफुलाई फोन गरेर घर फर्कन्छु भनेर कमलाले आफुलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे । लामो सास फेर्दै भने,‘तर चाँडै नै घर आउछु भनेको बुढी आज सम्म पनि फर्केको छैन् । उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो अरु मलाई केही चाहिएको छैन् ।’ फोन गरेर सम्पुर्ण आफन्तलाई सोध्दा कसैले पनि उनको बारेमा आफुलाई केही नबताएको उनले बताए । उनले आफ्नो श्रीमती कसैसँग हिडेको कत्ति पनि आशंका नभएको समेत स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु