दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बालश्रमको अन्त्यका सवालमा २ दिने राष्ट्रिय गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २७ गते, बिहीबार २०:१७

२७ माघ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

स्वतन्त्रता अभियान नेपालको आयोजना तथा विश्व शिक्षा लगायतका संस्थाहरुको सहकार्यमा बालश्रमको अन्त्यको उद्देश्यले दुईदिने ‘राष्ट्रिय सङ्गोष्ठी’ काठमाण्डौंमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह गर्नु बताउनु भयो । साथै उहाँले नेपालमा बालश्रमको अन्त्यका लागि बालबालिकाहरुका लागि बनेका ऐन कानून तथा नीति नियमहरुको पूर्ण रुपमा कार्यन्वयन गर्नका लागि मन्त्रालयको तर्फबाट सक्दो पहल गर्ने, कुरामा जोड दिनु भएको थियो ।

स्वतन्त्रता नेपाल अभियानका कार्यकारी सचिव रितु भट्टराईले केन्द्रीय तथ्याङ्क विभागको सन् २०२० को तथ्याङ्क अनुसार अझै पनि ११ लाख बालबालिका विभिन्न क्षेत्रमा बालश्रम गरिरहेका भन्दै सन् २०३० सम्ममा बालश्रमको अन्त्य गर्ने लक्ष्य पुरा गर्न सरकार र नागरिक समाजकोजिम्मेवारी भएको बताउनु भयो ।

सो अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले विगतमा नेपालमा २६ लाख बालश्रम रहेको र त्यो संख्या घटेर १६ लाख हुदै हाल ११ लाखको संख्यामा बालश्रमीक रहेको बताउदै यो संख्या अन्त्य गर्नको लागि नेपाल सरकारले पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा विश्व शिक्षाका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले कोरोना महामारीका कारण पनि अभिभावक गुमाएका, घरको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकालाई बालश्रममा प्रयोग गरिएको कुरामा ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

सो अवसरमा राष्ट्रिय कार्य संयोजन समुहका अध्यक्ष बेनुमाया गुरूङले महामारी, प्राकृतिक विपत्ती लगायतका विपतबाट प्रभावित बालबालिका बढि जोखिममा पर्ने भएकोले यस्ता आश्रित बालबालिकाको शिक्षा, परिवारको रोजगार गाँस, बास, कपास परिपूर्तिका लागि स्थानीयत तहले ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले इट्टाभट्टा, गलैंचा कारखाना र मनोरञ्जनको क्षेत्रमा बालश्रम जारी रहेको बताउदै यसको समस्या समाधानको लागि काम गर्नु पर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु