
-शिव अधिकारी
कठोर निर्णयले नै चलेको युद्ध त्यो थियो
नेतृत्वले सही बाटो अगाडी बढ्न पक्डियो
त्यसैको फल हो ऐले जनता जागरुक छन
सबै जाती र भाषाका धर्म संस्कृति चल्दछन ।। १ ।।
कोही ठूलो र को सानो समान भावना विच
साझा छन् संस्कृति हाम्रा छैन कोही उचो निच
जित हो जनता अघि बढ्दाको सान युद्धमा
सामन्ति होमिय सारा युद्धकै वल वेदीमा ।। २ ।।
यद्यपी यो नयाँ बाटो पक्डन मुस्किलै भयो
त्राश बाँकी छ योद्धाले होसियार हुनै प¥यो
सबै योद्धा सिपाही जो उत्पादन तिरै बढ
पराजित सबै हुन्छन् युद्धकै चल्छ गड्गढ ।। ३ ।।
प्रचण्ड युगको धारा बर्षन्छ तागतै बनि
योद्धाको त्यागले सारा सिर्जनाले भरौ भनि
देश सम्बृद्ध पार्नुछ साम्म्राज्यवादी के छ र
हामै्र सौर्य छ तेजस्वी सामना गर्न सक्छर ।। ४ ।।
जडि बुटि गरौँ खोजि खेतिमा लाग्नु पर्दछ
जल श्रोत छ सौन्दर्य आँट पारख भर्दछ
जनशक्ति छ शीपालु बाटो बन्छ विकासको
विश्वकै संस्कृति नौलो युद्धकै इतिहासको ।। ५ ।।


