तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पछिल्लो २४ घण्टामा ६३९ कोरोना संक्रमित ३ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते, बुधबार २०:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ नमुना परीक्षणमा ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।आज थपिएका ६३९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६०० जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १७ हजार ५८० जना र संस्थागत आइसोलेशनमा ६७१ जना रहेका छन् । ती मध्ये आइसीयुमा १५६ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १४ हजार १०३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु