दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कीर्तिपुर क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते, आईतवार ५:१८

लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अंक जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे । अपराजित कीर्तिपुरले यसअघि समूह चरणको खेलमा बीएमके र एचआईके भिजनलाई हराएको थियो । क्वाटरफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।
पुरुषमै क्याम्पियन सोलो समूह ‘डि’ को उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । क्याम्पियनले एनसीसीएसलाई ६७–५५ ले पाखा लगायो । क्याम्पियनका मनेष राजोपाध्यायले १३ अंक जोडे । यो समूहबाट गोल्डेनगेट विजेता हुँदै क्वाटरफाइनल पुगिसकेको छ ।
समूह ‘ए’ कै अर्को लिगमा एचआईकेले बीएमकेलाई ७५–६८ ले पन्छायो । एचआईकेका विजय लामाले २६ अंक बटुले । तीन खेलमा एचआईकेको पहिलो जित हो ।
महिलाको राउन्ड रोविन लिगमा रोयल बास्केटबल एकेडेमीले कीर्तिपुरमाथि ७६–२१ को सहज जित निकाल्यो । रोयलकी प्रतिक्षा मगरले १६ अंक जोडिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु