तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एमसीसी राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन, एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालहरुले सरकार छोड्नुपर्छ : कर्ण थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते, बुधबार १९:१०

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जहाँसम्म एमसीसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यसप्रकारको सम्झौता होईन । यो विकास परियोजना हो । कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भईन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ । यो जो अन्तर्राष्ट्रिय सहयोग छ, यो नेपालको हितमा छ । यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन् । यसमा हामी स्पष्ट छौं । एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन् । सरकारले एमसीसी पेश गरिसकेको छ । सरकाले पेश गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो । उहाँहरुले सरकार छोेडेपछि एमालेले निर्णय गर्छ ।’

अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरु सरकारमा सहभागी भएका दलहरु नै बढि जिम्मेवार हुने उनको भनाई छ । उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाए ।

उनले भने,‘सरकारमा उनीहरु किन सामेल भएका त ? एमसीसी कार्यान्वयन भयो भने अमेरिकी सेना आउँछ भनेर भनिएको छ, कसले भन्यो अमेरिकी सेना आउँछ भनेर ?, यो गलत हो । एमसीसीको पैसा सुरक्षामा प्रयोग गर्न पाईँदैन् भनेर सम्झौतामा स्पष्ट रुपमा भनिएको छ । एमसीसी नेपालको कानूनभन्दा माथि छैन् । यो सम्झौताबारे भ्रम सिर्जना गर्नुहुँदैन् । एमसीसीबारे दफाबार छलफल गर्नुपर्यो नि। कुनै परियोजना अघि नबढाउने ? भ्रमपूर्ण कुरा सिर्जना गर्नुहुँदैन् । नेपालको राजनीति भनेको जिम्मेवार राजनीति हुनुपर्छ । उत्तरदायी लिनुपर्छ । विषयवस्तु छरिदिने अनि निर्णयमा पुग्न नदिने । निर्णयमा पुग्न नदिएपछि विषयवस्तु छरियो । यो गलत हो ।’

कुनै विषयवस्तु उठाईदिने अनि आफ्नो विषय लगेर भ्रम सिर्जना गरिरहने र त्यसको नाममा राजनीति गर्ने काम भैरहेको भन्दै उनले गुनासो पोखे । उनले भने,‘एमालेको चाहना के हो भने अब एमसीसीको विषयमा लामो छलफल र बहस भयो । भोलिबाट संसदमा छलफल हुन्छ । निर्णयमा को कहाँ उभियो ? भन्ने कुरा अब मतदान भएपछि थाहा हुन्छ । भ्रम राख्नु हुँदैन् । अन्यौलमा राख्नुहुँदैन् । जनता ठगी गर्नुहुँदैन्। सरकारको निरन्तरता हो भने एमसीसीको पक्षमा माओवादी र नेकपा (एकीकृतले पनि मतदान गर्नुपर्यो नि । एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालले सरकार छोड्नुपर्छ । अहिले १४ जना गैरसांसद छन् । यसकारण हामीले संसद् अवरद्ध गरेको हो । ढाँटेर, छलेर अबको राजनीति चल्दैन् । जनतालाई ठग्ने काम नगरौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु