दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन् : केशब झा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते, बुधबार १९:२०

काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त गरेका छौं । यसमा ईफ र बटको कुरा छैन् । पछिल्लो समय एमसीसीलाई धेरै गिजोल्ने काम भएको छ। देशलाई माया गर्ने व्यक्तिहरु छन्, सबैले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन् । अमेरिकाको सेना आउँछ भनेर गलत हल्ला फैलाईएको छ । हावादारी गफ गर्नुहुँदैन् । गलत हल्ला फैलाउनुहुँदैन् । राष्ट्रघाती काम त मुलुकलाई आत्मनिर्भर हुन नदिने अनि मिलीजुली खानेहरुले गरेका छन् ।’

झाले यो एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । उनले भने,‘यो विकास परियोजना हो । पूर्वाधार क्षेत्रमा विकास हुन्छ। कानून बनेपछि निर्धारित समयमै काम हुन्छ। हामीले एमसीसीको पक्षमा मत हाल्ने भनेका छौं । अहिले गठबन्धनको प्रष्ट बहुमत छ । अहिले गठबन्धनमा गलत प्रवृत्ति पनि देखियो । एमसीसीलाई लिएर सरकारमा हुँदा, हाउसमा एकखालको कुरा गर्ने, अनि सडकमा अर्कै कुरा गर्ने । यदि प्रधानमन्त्रीलाई सहयोग चाहिएको छ भने गठबन्धन तत्काल विसर्जन गर्नुपर्छ । यो गठबन्धन कायम राखेर काम छैन् । नयाँ परिस्थिति निर्माण गर्नुहोस ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु