दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देउराली टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते, शनिबार १९:०५

आयोजक देउराली डोजा दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।
बानेश्वरस्थित इपीएस स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नगदेशका निखिल कार्की तथा महिलामा देउरालीकी कञ्चन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । देउरालीकै नेली जोशी उदीयमान खेलाडी बनिन् ।
विजेतालाई अर्थ मन्त्री जनार्दन शर्मा, प्रदेश सांसद्द्वय गणेशप्रसाद दुलाल र राजेन्द्र गुरुङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक देउरालीका अध्यक्ष राजेश जोशी, प्रतियोगिता संयोजक १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कुशल श्रेष्ठ, राखेप कर्मचारी संघका पूर्व उप–महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, राजधानी दैनिकका दिलबहादुर तामाङलगायतलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु