दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुःखी पीडित सहयोग संस्थाको अध्यक्षमा ढुंगाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १०:५४

काठमाडौं । निराकार दुःखी पीडित सहयोग संस्था नेपालको अध्यक्षमा अच्युतप्रसाद ढुंगाना चयन भएका छन् । शनिबार भएको प्रथम साधारणसभाले ढुंगानाको नेतृत्वमा पदाधिकारीसहित ९ जना रहेको समिति २ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन समितिका संयोजक ठाकुर प्रसाद पोखरेलले उपाध्यक्षमा सहदेव राउत, कोषाध्यक्षमा अर्जुन बस्नेत, सचिवमा मीनबहादुर कुँवर र सदस्यहरुमा राजकुमार श्रेष्ठ, राजेन्द्र तिमल्सिना, ज्ञानकुमारी कुँवर, विमला ढुंगाना र विनु राउत निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । गत भदौ १६ गते गठन भएको तदर्थ समितिमा पनि यही समिति रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष वस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वेवारिसे पशुपंक्षी, सडकमा मृत भेटिएका सबै जन्तु जनावरदेखि लिएर अनाथ, असाहय बालबालिका, वृद्धवृद्धाका साथै सबैको उद्धार गर्ने संस्थाको उद्येश्य रहेको नव निर्वाचित अध्यक्ष ढुंगानाले बताए । उनले संस्थाले उद्येश्य अनुसारको काम गर्दै आएको र आगामी दिनमा संस्थाको कामलाई फराकिलो पार्दै लाने जनाएका छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय ढुंगानाले संस्था नै खोलिसकेपछि काम गर्न सजिलो हुने भएकाले सबैको सल्लाहमा संस्था स्थापना गरिएको जनाएका छन् । संस्थाको केन्द्रीय कार्यालय काठमाडौंका. कोटेश्वरमा रहेको छ ।
कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको साधारणसभामा प्रमुख अतिथि सुरेन्द्र केसी, विशिष्ट अतिथि सुरेन्द्र भण्डारीलगायतका अन्य अतिथिहरुले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । उनीहरुले समसामयिक राजनीतिका बारेमा पनि बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु