
काठमाडौं। नेपाल अर्बुद्व रोग निबारण संस्थाको केन्द्रीय कार्यसमितिमा पदाधिकारी चयनले पूर्णता पाएको छ । शुक्रबार बसेको संस्थाको दोश्रो वैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी चयन गरि कार्यसमितिले पूर्णता पाएको हो । पुषमा सम्पन्न नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ अाैं साधरणसभाबाट केन्द्रिय अध्यक्षमा महेश श्रेष्ठ सहित १४ सदस्य निर्वाचित हुनुभएको थियो । संस्थाको विधान अनुसार कार्यसमिति भित्रबाटै पदाधिकारीको तोकिने भएकाले संस्थाको दोश्रो पूर्ण वैठकले निर्वाचित सदस्यहरूलाइ विभिन्न पदको जिम्मेवारी दिइएको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार उपाध्यक्षद्वयमा कृष्ण बस्नेत र नारायण कोईराला, महासचिबमा बिमल होडा, कोषाध्यक्षमा दिनेश पालिखे, उप महासचिबमा प्रकाश खतिवडा, उप कोषाध्यक्षमा राधा कार्कि नियुक्त हुनुभएको छ । सदस्यहरूमा बिवेश अवाल, प्रकाशराज न्यौपाने, कमल श्रेष्ठ, जयकुमार ढकाल, रती श्रेष्ठ, डोरप्रसाद भट्टराई र हर्षनारायण कर्माचार्य रहनु भएको छ । यसैगरी सो वैठकले केन्द्रीय कार्यसमिति सदस्यमा बरिस्ठ सञ्चारकर्मी दिपेन्द्र बान्तवालाई मनोनीत गरेको छ।
वैठकले संस्थाको संस्थागत बिकासको लागी आवश्यक विभिन्न नीति निर्माण गर्न महासचिव बिमल होडाको संयोजकत्वमा नारायण कोईराला, दिनेश पालिखे, प्रकाश खतिवडा र कमल श्रेष्ठ गरि पाँच सदस्यीय संस्थागत नीति निर्माण समिति समेत बनाउने निर्णय गरेको छ ।
यस्तै संस्थाको काम कार्वाही चुस्त दुरूस्त राख्न विभिन्न विभाग समेत गठन गरिएको निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महेश श्रेष्ठले धुम्रपान विरूद्धको संकल्प प्रस्ताव चाँडो भन्दा चाँडो नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सञ्चालनमा आएको अवरोध र यस विषयको मुद्दा अदालतमा विचाराधिन रहेको अवस्था रहेको बताउदै सत्यको पक्षमा फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । उहाले सिरहाको लहानमा राष्ट्रिय क्यान्सर अस्पताल, नेपाल अर्बुद रोग निवारण संस्थाको पहलमा स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभएको छ ।
वैठकबाट संस्थाको केन्द्रीय सल्लाहाकारमा पूर्व अध्यक्षहरू कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ, दिवाकर राजकर्णिकारलाइ मनोनित गरिएको छ । केन्द्रीय कार्यसमितिमा अब एक जना सदस्य मनोनित गर्न बाकि रहेको छ ।


