दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बक्सिङ टोली जोर्डनतर्फ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १८:११

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् ।
फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जुनियर महिलाको ५२ केजीमा स्वस्तिका तिरुवाले खेल्नेछिन् । गत संस्करणको जुनियरमा छिरिङ र स्वस्तिकाले कांस्य पदक जितेका थिए ।
प्रशिक्षकमा दीपक महर्जन छन् । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
राष्ट्रिय बिच भलिबलको तयारी
सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ ।
तीनदिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।
करिब ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सातै प्रदेश र विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिम सहभागी हुने छन् । एक टिममा २ खेलाडी मात्र रहने छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सहभागी टिमलाई यातायात, बसोवास, जर्सी, खेल सामाग्री र ‘म्याच फि’ को व्यवस्था आयोजकले गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, कलाकार धीरेन शाक्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु