दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दिलिप स्मृति टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १८:१४

काठमाडौ ।आयोजक दिलिप स्मृति प्रतिष्ठान पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । गत चारै संस्करणको उपाधि पनि प्रतिष्ठानले नै जितेको थियो ।
काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको मैजुकुमारीले तेश्रो स्थानमा चित्त बुझायो ।
सिनियरको पुरुषमा प्रतिष्ठानका सरोज मगर तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा ललित राना मगर तथा महिलामा प्रतिष्ठानकी रोजिना तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रतिष्ठानका ८ खेलाडीलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेलाडीमा आशिष लामा, विशाल लामा, सहदेव रिजाल, सन्तोष मगर र डेनी लामा सम्मानित भए । अनुशासित खेलाडीमा वीरेन्द्र थापा मगर, चन्द्र मगर र कार्साङ लामालाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ७१ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु