तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एमसीसी स्थगन गर्नुपर्छ,’ लिङ्देन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १८:३८

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पास गरे देश द्वन्द्वमा फस्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै सिंगो देशलाई एमसीसीको विषयले विभाजन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘एमसीसी स्थगन गर्नुपर्छ,’ लिङ्देनले भने,‘यथास्थितिमा एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु हो ।’ उनले सदनले गर्ने निर्णय सबै ठिक हुँदैन भन्ने प्रमाणित भइसकेको टिप्पणी गरे ।

संसदले गरेको निर्णयले सिक्किमले आफ्नो स्वतन्त्र अस्तित्व नै गुमाएको उल्लेख गरे । जनतालाई बुझ्ने मौका दिएर राष्ट्रिय सहमतिबाट अगाडि बढ्न आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु