दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एमसीसीलाई समर्थन गर्ने राष्ट्रिय गद्दारः भीम रावल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १८:५२

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीमा ज जस्ले समर्थन गर्छन् उनीहरु राष्ट्रिय गद्दारका रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा एमसीसीबारेको छलफलमा सहभागी हुँदै उनले देशकै अपमान हुने गरी एमसीसी अनुमोदन गर्न खोजिएको बताए ।

‘राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय होहल्लाबीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो,’ रावलले भने,‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती दर्ज हुनेछ । ज-जस्ले समर्थन गर्छन् तिनीहरु राष्ट्रिय गद्दार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’

रावल एमसीसी अनुमोदन गर्न तयार हुनेहरुप्रति आक्रामक रुपमा प्रस्तुत भए । उनले इतिहासले सबैको हिसाबकिताब गर्ने समेत बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु