दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साइप्रस द्वरा “मानसिक स्वास्थ्य सचेतना´´ कार्यक्रम सम्पन्न ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते, सोमबार ५:०९

मनिशा अर्याल साइप्रस : मानसिक स्वास्थ्य सचेतना सम्बन्धि सबैलाई सुसूचित गर्न तथा मानसिक स्वास्थ्यको बिषयमा जानकारी प्रवाह गर्ने उदेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ,साइप्रसले सचेतना कार्यक्रम संचालन गरेको हो ।

इजरायलका लागि नेपालका कार्यबाहक राजदूत अर्जुन घिमिरेको प्रमुख आतिथ्यता साथै अवैतनिक दूतावास साइप्रस का होनरी कन्सुलर रामजीवन पञ्जियार विशिष्ठ अतिथि रहनु भएको कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका उपाध्यक्ष राजन श्रेष्ठ ज्यूले गर्नु भएको थियो । त्यस्तै साइप्रसमा क्रियाशील विभिन्न संघ संस्था का प्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवीहरु अतिथिको रूपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिकै रुपमा मानसिक सचेतना कार्यक्रमका लागी विज्ञ डाक्टरहरु,

डा. संजीव सापकोटा (Chairman of NRNA global health)
डा. बोधराज सुवेदी (Cordinator of europe health team, NRNA ICC member poland)
डा. एलिना पोखरेल सुवेदी (General physician, member of high level committee and honouray council NRNA )
डा.सुरज थापा (Head and associate professor division of mental and addiction,University of Oslo Nerway)
डा. विजय ज्ञवाली (Senior Psychiatrist Kathmandu)
डा. रिशव कोइराला (Senior Psychiatrist Grandy Hospita Kathmandu) को उपस्थिति रहेको थियो।
आइतबार फेब्रुअरी 27 साइप्रस समय 3:00 बजे Global Health Committe NRNA ,Erurop Health Team का बरिस्ठ बिज्ञ डाक्टरहरु सङ्ग मानसिक स्वास्थ सम्बन्धि को विशेष Live Zoom कुराकानी भएको हो।
यसरी मानिस हरु ले आफ्नो मानसिक अवस्थाको तथा अस्वास्थ्यता बारेमा जानकारी नगराउने र एक्लै बस्ने प्रवृत्ति लाई हटाउनको लागि नै सचेतना को कार्यक्रम आयोजना गरिएको गैरआबसिय नेपाली संघ साइप्रस ले जनाएको छ।अहिले को ब्यस्त समय मा सबै जना आ-आफ्नै काम मा ब्यस्त हुने र अहिले कोरोना को कारण ले एक्लै बस्नु पर्ने अबस्था ले कतिपय मानिसहरु मा स्वास्थ्य सम्बन्धि समस्याहरु बडदै गएको छ। जसलाई सबैले लुकाएर राख्ने तथा कसै सङ्ग नभन्ने अबस्थासमेत रहेको छ। गैरआबसिय नेपाली संघ साइप्रस को सहकार्य मनोबैज्ञानिक डाक्टर तथा नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु को सहभागिता मा कार्यक्रम zoom भर्चुअल बाट आयोजना गरिएको हो। कार्यक्रम मा मनोबैज्ञानिक हरुले मानसिक स्वास्थ्य के हो आफ्नो मानसिक अबस्थालाई कसरी बलियो बनाउने भन्ने विषय मा जानकारी गराएका थिए। कार्यक्रममा धेरै नेपाली हरु को सहभागिता रहेको थियो ।जसमा सहभागिहरु ले आफुले अनुभव गरेका मानसिक स्वास्थ सम्बन्धि समस्याहरु को बारेमा बताएका थिए भने त्यसलाई समाधान गर्दै त्यसलाइ कसरी अगाडि बडन सकिन्छ भन्ने बिषयमा डाक्टर र सहभागि बीच छलफल गरिएको थियो। अझ कोभिड–१९ को लहरपछि मान्छेमा मानसिक अस्वस्थता बढ्दै गएको छ। परिवारबाट टाढा, व्यस्त दैनिकी र शहरी जीवनशैलीले पनि पछिल्लो समय विभिन्न प्रकारका मानसिक तनावबाट गुज्रिनुपर्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यका कुरा गौण बन्न पुगेका छन्। पछिल्लो समय प्रवास मा बढ्दै गएको आत्महत्या साथै मनोवैज्ञानिक अस्वस्थता का कुराहरू साथै यस्ता कुराहरूबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रममा विशेष चर्चा भएको थियो।

बढ्दो व्यस्तता, दैनिक रहन सहन साथै हरेक दिनको क्रियाकलाप ले मानसिक जीवनमा कस्तो असर पार्छ र यस्ता कुरा बाट कसरी छुटकारा पाउने भन्ने कुरामा विज्ञ डाक्टरको समूहले विशेष सल्लाह र सुझाव समेत दिएका थिए। यद्यपि, कछुवाकै गतिमा भए पनि शहरमा मानसिक स्वास्थ्यबारे चर्चा–परिचर्चा हुन थालेको छ। व्यस्त जीवनशैली बिताउने प्रवासिबासी वेलावेला मनोचिकित्सकसँग परामर्श लिन थालेका छन्। तर, मनोचिकित्सकसँग परामर्श लिने गरेको विषय सहज रूपमा लिने वातावरण भने अझै बन्न सकेको छैन।अझ किशोरावस्थादेखि वयस्क हुँदै गरेका लाखौं युवा शारीरिक रूपमा स्वस्थ देखिए पनि मानसिक रूपमा अस्वस्थ छन्। तर, उनीहरूले आफ्नो मानसिक अस्वस्थताबारे अभिभावकलाई भन्न सकेका छैनन्।

यसका लागि गैरसरकारी संघ संस्थासँग सहकार्य गर्नुपर्छ। यस्तै, तीनै तहका सरकारले मानसिक स्वास्थ्यका विषयमा सचेतनाका लागि कार्यक्रम सञ्चालन गर्न र संघसंस्थालाई सहयोग गर्नु उत्तिकै आवश्यक छ भन्ने कुरा मा उक्त कार्यक्रम मा उपस्थित अतिथि साथै चिकित्सक समेतले जोड दिएका थिए ।
उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस साथै नेपाल का लागि इजरायल राजदुतावास र होनरारी कन्सुलर अफ साइप्रस को आयोजना साथै kalika khabar.com र साइप्रस नेपाल.कम को सह संयोजन मा सम्पन्न भएको थियो।

Zoom भर्चुअल माध्यम बाट भएको उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको महासचिव राधा पोखरेल थापा ज्यूले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य NRNA CYPRUS का सदस्य प्रकाश बराइली ले गर्नु भएको थियो ।आगामी दिन हरु मा पनि विविध किसिम स्वास्थ समस्य सम्बन्धि जनचेतना मुलुक कार्यक्रम प्रसारण गर्ने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु