दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राफल्स् एडुकेयर एशोसिएट्स’द्धारा ६ हजारमै अष्ट्रेलियाको अफर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते, सोमबार १७:११

फल्स् एडुकेयर एशोसिएट्स’द्धारा ६ हजारमै अष्ट्रेलियाको अफर सार्वजनिक
काठमाडौं, १६ फागुन । राफल्स् एडुकेयर एशोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएट्सले विद्यार्थीहरुको भविष्य र अभिभावकको आर्थिक पाटोलाई मध्यनजर गर्दै ६ हजार ब्ग्क् मा नै यस्तो अफर ल्याएको जानकारी दिइएको हो ।
यस अफर अन्तर्गत विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहाने कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक २.४१ जिपिए ल्याएको हुनुपर्ने र आइएलटिएसमा कम्तीमा ५.५ अंक र पिटिइ÷टोफेलमा सो सरहका अंक ल्याउने विद्यार्थीहरुले सहजै आवेदन दिन सक्ने एसोसिएट्सले जनाएको छ ।
एसोसिएट्सले कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरेको बताएको छ ।
यस अफरबाट सयौ विद्याथीहरु र अभिभावकहरुको लागि फलदायी हुने राफल्स् एडुकेयर एशोसिएट्स संस्थापक दिनेश ढकालले बताए । ढकालले यस अफर अन्तर्गत अष्ट्रेलियाका स्याडनी, मेलबर्न, पेर्थलगायतका उत्कृष्ट शैक्षिक संस्थाहरुमा विभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्ने जानकारी दिए । विद्यार्थीहरुले आइटी, मार्केटिङ, ट्राभल एण्ड टुरिजम, लिडरसिप एण्ड म्यानेजमेन्ट, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ एण्ड कम्युनिकेशनलगायतका अन्य धेरै कोर्सको लागि प्रक्रिया बढाउन सक्ने उनले बताए । ढकालले यसै अफरमा केही विद्यार्थीहरुले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरी सकेको पनि जिकिर गरे । आफ्नो संस्थाले २००५ देखि अष्ट्रेलिया युके, क्यानडा, यु.एस.ए लगायतका विभिन्न युरोपियन राष्ट्रहरुमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिइरहेको बताए ।
उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरुलाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास बनाएको पनि ढकालले सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु