तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते, सोमबार १७:५६

काठमाडौं, फागुन १६ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेका छन् ।आज २२७ कम्पनीको ५४ हजार १२१ कित्ता शेयर कारोबार हुदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका तेर्हथुम पावर र साम्लिंग पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिव्यश्वरी हाइड्रोको शेयर मुल्य ८.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी हाइड्रो उपसूचकको मुल्य ३.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज अपि पावरको सबै भन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु