दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते, सोमबार १८:१४

काठमाडौं, फागुन १६ । शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको छ ।

चलचित्रकी निर्मात्रीसमेत रहेकी नायिका पूजा शर्माले शुक्रबार र शनिबार गरेर चलचित्रले १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको दाबी गरिन् ।

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन् ।

सुर्दशन थापाद्वारा निर्देशित चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भुमिका रहेको छ । निर्देशक थापा र नायिका शर्माको संयुक्त लगानीमा बनेको चलचित्रमा स्वयं थापाकै कथा छ ।

चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी र सोकिका रोकाया लगायतका कलाकारको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु