दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई नेपाल डेरी एशोसिएसनको अनुरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते, सोमबार १८:३१

काठमाडौं । एमसीसी पास भएको विरोधमा विभिन्न राजनीतिक दलले गरेको बन्दले काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहन ६ बजे तोडफोड भएको हो ।

सरकारले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सुचीमा राखेको छ । विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोक ढुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एशोसिएसनले दुख व्यक्त गरेको छ ।

राज्यले नीति नियम बनाउने तर गरिने व्यवहारम भने त्यो अनुसार नगर्दा समस्या पर्न गएको एशोसिएसनको भनाइ छ ।

सरकारले दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने भन्दै आएकोमा बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिन्ह (लोगो) निर्माण गरी सञ्चालनमा ल्याएको थियो । तर, अहिले सो व्यवस्था सञ्चालनमा रहेपनि तोडफोड भएको एशोसिएसनले जनाएको छ ।

उक्त बन्द हडतालका कारण तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई एशोसिएसनले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु