
किसोर सेढाई
फागुन १७ ,काठमाडौं । भगवान शिवको पावन पर्व महाशिवरात्रि पर्व २०७८ उपलक्षमा आज विहान देखिनै भक्तजन र मन्दिर दर्शनार्थीहरुको पशुपतिनाथको मन्दिरमा घुँइचो लागेको छ ।
विश्वसंगै नेपालमा पनि कोरोना महामारीको प्रभाव केही कम भए पछि केही समय अघि मात्रै पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर भक्तजन तथा दर्शनार्थीहरुको लािग खुल्ला गरको थियो ।

महाशिवरात्रिको अवसरमा आज विहान ३ बजे देखि पशुपतिनाथ मन्दिरको चारै ढोका खुल्ला गरि दिए पछि मन्दिरमा दर्शनार्थीहररुले सहज रुपमानै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाएको भक्तजनहरुले बताएका छन । यसैगरी पशुपति क्षेत्र विकास कोषका निर्देशक तथा प्रवक्ता रेवती रमण अधिकारीले महाशिवरात्रिमा यस पटक भारतबाट नागा साधु, अन्य साधु सन्तहरु उल्लेख्य मात्रमा पशुपतिनाथको दर्शनका लागि आएको समेत बताउनु भयो ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनलाई सहजीकरण गर्नका लागि विभिन्न दशवटा उपसमितिहरुको मार्फत सुरक्षा व्यवस्था , स्वयंमसेवा परिचालन,स्वास्थ्य शिविर,वातावरण तथा सरसफाई, जुत्ता चप्प्ल व्यवस्था,चन्दन वितरण, मन्दिर प्राङ्ग तथा पुजा, आवास , भोजन तथा भौतिक पूवाधार, साधुसन्त सेवा , पाकिङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम, साजसजावट तथा मेला आदि उपरोक्त व्यवस्था मिलाइएको छ ।
यसैगरी महाशिवरात्रिको पावन अवसरमा विभिन्न दर्शन मार्गहरु तेकिएको छ।

दर्शनार्थीहरुले गुहेश्वरी—गौरीघाट, उमाकुण्डा—दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तरढोकाबाट —१ लाईन ,मित्रपार्क —जयबागेश्वरी —ईटापाखा भएर भुवनेश्वरी सिथ्त फलामको सानो ढोका हुदै पश्चिम ढोकाबाट —१ लाइन , बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तीलगंगा भएर पिङ्गलास्थान भएर—सुमार्गी भवन अगाडिबाट चार शिवालय—पन्चदेवल हुदै दक्षिण ढोकाबाट १—१ लाइन् गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहेको छ । यसैगरी तीलगङ्गाबाट राम मन्दिरसम्म समेत आवस्यकता अनुसार एक लाइन हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी पशुपति विकास कोषले महाशिवरात्रि पर्व २०७८ को उपलक्ष्मा कोभिड भाइरस संक्रमणको खतरा अद्यपि रहेको अवस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर संभव भएसम्म भौतिक दुरी कायम गर्दै , स्यानिटाइजर र मास्को प्रयोगलाई अनिवार्य गरी दशर्नको व्यवस्था मिलाइएको बताएको छ ।


