
काठमाडौं, फागुन १७ गते ।
अक्षरिका छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अक्षरिकाले टाइमलाइनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।
काँडाघारीस्थित अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा कौस्तुभ एकेडेमी र डिफेन्डिङ च्याम्पियन केभीएस पनि क्वाटरफाइनलमा पुगे ।
कौस्तुभले दर्शनालाई टाइब्रेकरमा ६–५ गोलले हरायो । निर्धारित समयमा १–१ बराबरी भएको थियो । केभीएसले एकलब्यमाथि ७–० को सहज जित दर्ता ग¥यो । रोशन कार्की र विशाल दर्नालले २–२ गोल गरे भने उचित राई, सचित खडका र आभाष ठाकुरले १–१ गोल थपे ।


