दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महाशिवरात्रीको शुभकामना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, मंगलवार १४:३८

शिव अधिकारी १७ फागुन २०७८

सिर्जना शिवको हो यो सधै भूमि पवित्र छ
शुख शान्ति र सम्बृद्धि उनैमा प्रतिबद्ध छ
शिव हुन श्रृष्टिको धारा कर्मठ काममा पनि
हिमको काख प्यारोछ कुञ्जमा शिवको धुनी ।। १ ।।

यज्ञ सम्बृद्धिको गर्छौ सम्पन्न देश बन्दछ
बग्छ संञ्जिवनी धारा झर्ना खोला सुसाउछ
गुञ्जिन्छ शान्तिको नाद नदिको सुस्केरा बनि
फुल बिछ्यायझै बन्छ आकाश रातमा पनि ।। २ ।।

पार्वति शिवको छाया सबैको आँगनि भरि
पौरखी हातको खेती बगैचा भरिए सरि
टम्म भो खेत बारीमा धान कोदो र फापर
मकैको बोटमा फल्ने घोगानै बन्छ सुन्दर ।। ३ ।।

यस्तै जिवनको धारा बग्दैछ श्रृष्टिको चुरो
शिवको शक्तिले सारा मान्छे छन अति नै सुरो
महादेव पूजा हुन्छ मन्दिर घर नै रह्यो
शुख शन्ति समेटेको शिवको संस्कृती न हो ।। ४ ।।

जडिबुटी टिपी पाखा पखेरीहरुको अब
संञ्जिवनी सबै हाम्रोे राष्ट्रको सान गौरव
शिवको काखमा खेल्छौँ उनैको शक्ति संचित
संसार जित्नको लागि शिव शक्ति समाहित ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु