तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समाजसेवी खडकाद्वारा शिवपुरीका दुई विद्यालयमा लत्ताकपडा लगायत शैक्षिक सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते, बिहीबार ९:२२

प्रविण थपलिया, नुवाकोट । शिवपुरी गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिरहेको छ । शिवपुरी एकको ज्वालामुखी आधारभूत विद्यालयका 50 जना र शिवपुरी तीनको राममायण छाप मा वि का 275 विद्यार्थीहरूलाई वुधवार एक कार्यक्रम आयोजना गरि पोशाक वितरण गरिएको हो ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ प्रदेश क सभापती सुशील खडकाले विद्यालयमा नै पुगेर सहयोग रकम,शैक्षिक सामग्री तथा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । राममायण छाप मा वि का लागि पचास हजार नगदसहित एक थान प्रोजेक्टर प्रदान गरिएको कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन महासंघ शिवपुरीका अध्यक्ष हरि दुलाल ले जानकारी गराउनु भयो।

पोशाक लगायत शैक्षिक सामाग्री नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महत, पूर्व क्षेत्रीय सभापति यमवहादुर थापा ,वडा सभापति अर्जुन रायमाझी ,प्रदेश कमिटी सचिव सृजना तमाङ लगायत नेता कार्यकर्ता उपस्थिति वितरण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु