दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रुस र युक्रेन युद्ध क्षेत्रमा फसेका सर्वसाधारणलाई सहायता उपलब्ध गराउन तथा उद्धार गर्न सहमत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २० गते, शुक्रबार १७:००

काठमाडौं, फागुन २० । रुस र युक्रेन युद्ध क्षेत्रमा फसेका सर्वसाधारणलाई सहायता उपलब्ध गराउन तथा उद्धार गर्न सहमत भएका छन् ।

दुई देशका प्रतिनिधिमण्डलबीच बिहीबार भएको दोस्रो चरणको वार्तामा सेनाको घेराभित्र परेका युक्रेनी सहरहरूमा मानवीय कोरिडोरको आवश्यकता रहेकोमा सहमति भएको हो ।

रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्की बिहीबारको वार्तामा ‘ठोस प्रगति’ भएको बताए । “भिडन्त भइरहेको क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्ने मुख्य विषय आज टुङ्गो लगायौँ,” वार्तापछि उनले भने । यद्यपि, उनले कहिलेसम्म सुरक्षित कोरिडोर स्थापना गर्ने भन्ने जनाएका छैनन् ।

युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले सर्वसाधारणको यथासीघ्र उद्धारमा सहजीकरण गर्न ‘सञ्चार र सहकार्य लाइन’ तय गर्न सहमत भएको बताएका छन् । युक्रेनी पक्षले मानवीय कोरिडोरसहित युद्धविराम र अल्पकालीन सम्झौताको माग राखेको थियो ।

रुस र युक्रेनबीच ९ दिनदेखि युद्ध जारी छ । दुवै पक्षका गरी हजारौँ सैनिक र कयौँ सर्वसाधारणको ज्यान गएको छ । दस लाख बढी मानिसहरू विस्थापित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु