दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मध्यपुर्वका नेपालीको स्वास्थ्य समस्या तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते, आईतवार ८:२७

मध्यपूर्वका नेपालीहरुको लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । कतार स्थित नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा मध्यपुर्बका नेपालिहरुको लागि स्वास्थ्य सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिशेषज्ञ डाक्टरको उपस्थितमा शुक्रबार भर्चुअल रूपमा मध्यपुर्वका नेपालीको स्वास्थ्य समस्या तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली राजदुतावास कतारका कार्यबाहक राजदुत लक्ष्मण खनालले पछिल्लो समयमा मध्यपुर्वमा रहेका नेपालीमा असमाहिक निधन र आत्महत्याको समस्या बढदै गएको बताउनुभयो । सुत्ने बेलामा ठिक ठाक लाग्ने मान्छे सुतेको ठाउमा नै असामहिक निधन हुने तथा मानसिक समस्याले डिप्रेसनमा गै आत्महत्या गर्ने गरेको बताउनुभयो ।
बिश्ववब्यापी रूपमा फैलिएको कोरनाका कारण कतारमा मृत्यु हुने नेपालीको तुलनामा सोही अवधिमा आत्महत्या गर्ने संख्या बढी रहनु दु:खद भएको बताउनुभयो । कार्यबाहक राजदुत खनालले दूतावासले श्रमिकका नियमित समस्या संगै स्वास्थ्य सचेतनालाई पनि प्राथमिकतामा राखेर सचेतनामुलक कार्यक्रमलाई बढाउने बताउनुभयो ।

गैर आवासीय नेपाली संघका स्वास्थ्य समिती संयोजक डा. सन्जिव सापकोटा, मध्यपुर्व उपसंयोजक डा. नितेश अर्याल, डा. निसिता पाठक, डा.यासिर श्रेष्ठ र डा. अनिरुद्र पाठकले मध्यपुर्वमा कार्यरत नेपाली मजदुरका प्रमुख स्वास्थ्य समस्या, तिनका कारण र त्यसबाट बच्ने उपाए बारे जानकारी गराउनु भएको थियो । साथै डाक्टरहरुले मध्यपुर्वको हावापानी नेपालको भन्दा फरक रहेकोले आफ्नो स्वास्थमा ख्याल गर्न आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्यको लागि सानो-सानो कुरामा सचेत हुन सके पनि ठुलो रोग लाग्न बाट बाच्न सकिने बताउनुभयो ।

डाक्टरहरुले दिनुभएका महत्त्वपूर्ण सुझाव :

खानपानलाई स्वस्थ्यकर बनाउदै नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्ने ।

संगैको साथि वा आफ्नतको आनिबानी एक्कासि परिवर्तन भएको छ भने उसमा मानसिक समस्या हुनसक्छ । उसङ्ग नियमित कुरा गरेर उसका समस्या जतिसक्दो छिटो पहिचान गर्ने ।

ब्लड प्रेसर र सुगरको औसधि सेवन गर्ने बिरामीले औसधि नियमित सेवन नगर्दा मिर्गौला खराब हुने तथा हृदयघातले ज्यान गुमाउनु पर्ने हुँदा औसधि नियमित सेवन गर्ने ।

आफुले खानुपर्ने बल्ड प्रेसर र सुगरको औसधि संसार भर एकै हुने हुँदा यदि आफू बसेको देशमा महँगो छ भने डाक्टरले लेखेको पेपर पठाएर नेपाल देखि मगाएर भएपनि नियमित खाने ।

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अनिसा भन्डारीले गर्नुभएको थियो ।

सन्तोष क्षत्री
प्रवक्ता
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु