तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तार्केश्वर नगरपालिका टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते, आईतवार १८:२३

काठमाडौ ।तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधी जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बन्यो ।
वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे । काठमाडौको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषणा भइ जनही रु ५००० नगद पुरस्कार हात पारे भने उदीयमान खेलाडि पुरुषमा धनकुटाका रिकेश भन्डरी र महिलामा गोलबजारका प्रनिशा साही ठकुरी चुनिए ।
बुढानिलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्चपासमा सिन्धुली उत्कृष्ट घोषित भए ।
बिजेता खेलाडीहरुलाइ प्रमुख अतिथी तारकेश्वर नगरप्रमुख रामेश्वोर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब विकाश राजबाहकले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु