तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज सेयरबजारमा गिरावट , साढे २ अर्बको कारोबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते, आईतवार १९:०३

काठमाडौं, फागुन २२ । सेयरबजारमा आज गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से ३.६६ अंकले घटेको हो।

सेन्सिटिभ सूचक भने १.३१ अंकले बढेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ३० सेयर कारोबार सामेल भएकामा ५१ लाख ३९ हजार कित्ता मात्रै बिक्री भएको छ।

यो भनेको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँबराबरको कारोबार हो।नेप्से घटेर २५४३.३९ विन्दुमा पुगेको छ।आज १३ मध्ये व्यापार, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहको सूचक राताम्य छन्।

आजको कारोबारमा मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ७.८० प्रतिशत आम्दानी गरेका छन्। त्यसैगरी सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.४८ प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै नेपाल ल्युब आयल लिमिटेडका सेयरधनीले ३.९९ प्रतिशत, ङादी हाइड्रोपावरका लगानीकर्ताले २.७४ प्रतिशत कमाएका छन्।

यता शिवम् सिमेन्टका लगानीकर्ताले भने आज ७.११ प्रतिशत अर्थात् प्रतिकित्ता ८३ रुपैयाँ गुमाएका छन्। यसबाहेक रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ५.७७ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशत, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशत र पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४४ प्रतिशत गुमाएका छन्।

कुल कारोबारमा भने शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। कम्पनीको प्रतिसेयर १ हजार ८५ रुपैयाँमा १५ करोड रुपैयाँको कारोबार भएको हो। यो नै आजको उच्चतम कारोबार हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु