
काठमाडौं । नेपालमा आज ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८ हजार ६३८ नमुना परीक्षणमा ८८ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ८८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ५६७ पुगेको छ । ती मध्ये आज निको भएका ३७६ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ ।त्यसैगरी आज थपिएका १ जनासँगै हालसम्म ११ हजार ९४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ६ हजार १५० जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ६ हजार ३० जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १२० रहेका छन् । साथै ४४ जना आइसीयु र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।त्यसैगरी नेपालमा थप २ लाख ३३ हजार मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।


