दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शिरशुभा÷गम्भीरसिंह स्मृति भलिबल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते, सोमबार १८:०४

काठमाडौ ।दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि स्याङजाको सिरुवारीमा सुरु भएको छ ।
पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरे । दरौ खोलाले माझकटेरीलाई २२–२५, २५–२१ र २५–१७ को सेटमा पराजित ग¥यो । आँधी खोलाले दरौ युवा क्लबलाई २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । विजेताका अशोक विक ‘म्यान अफ द म्याच’ घोषित भए । राङ खोलाले सिरुवारीलाई सीधा सेटमा २५–२२ र २५–२२ ले पन्छायो । राङ खोलाका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा कांगे्रस नेतृ सरस्वती गुरुङ, स्व. गम्भीरसिंह र शिरशुभा गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ र पूर्व डिआईजी हिमबहादुर गुरुङलगायतको उपस्थिति थियो । सोही अवसरमा भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले सहभागी टोली र अफिसियलका लागि प्रायोजन गरेको जर्सी पनि हस्तान्तरण गरिएको थियो ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २७ गते हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु