
–शिव अधिकारी
भन्छन नारीहरु सुकोमल धरा अमृतको सागर
डुब्दै पौडिन खोज्दछन पुरुषले यो चाल बुझ्ने गर
आफैमा छ अनेक तकत यसै कम्जोर ह्वैनौ अब
उठाउ घन बञ्चरो युग सखा थामिन्छ यो गौरब ।। १ ।।
नारी पूरुष एक साथ सगमा संयोग मात्रै किन
यो संस्कार सुरम्य प्राकृत छटा संसार रंगाउन
आएको युगको उघार्न दइलो कोर्दै नयाँ आकृति
जहाँ पूजित नारी स्वर्गछ त्यहाँ श्रृंगार खोजे जति ।। २ ।।
चुरा संगितको मुहान सिरको शोभा बनेको टिका
हिन्दू संस्कृतिको सुरम्य गहना पोते र सिन्दूरका
चोली टम्म अटाउने तन भरी बुट्टे फरिया पनि
यस्ती सुन्दरी साथमा पुरुषको त्यै प्रेम लिला बनि ।। ३ ।।
यो धर्ति लटरम्म हुन्छ फलले पौरख दुवैको हुँदा
कोही हुन्न गरिव शान्ति शुखको संन्मर्ग पैल्याउँदा
यस्तो हो तर भेद भाव र कतै दहेजको धाक छ
यै चालासंग दर्दनाक किन हो नारी सधै त्रस्त छ ।। ४ ।।
बुझ्नु पर्दछ वेदना कति कति नारीहरु भोग्दछन
आमा, श्रीमती, छोरी भाञ्जी बहिनी अनेक औतार छन
जानी यो सब धर्म कर्म बलको साझा बनोस भावना
नारी दिवस मानियोस दिन दिनै हाम्रो छ यो कामना ।। ५ ।।
भन्छन नारीहरु सुकोमल धरा अमृतको सागर
डुब्दै पौडिन खोज्दछन पुरुषले यो चाल बुझ्ने गर


