तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नारी दिवशको अवसरमा भक्तपुर र ललिपुरमा विविध कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते, बुधबार १५:१९

भक्तपुर,२५ गते फागुन

११२ औं अन्तराष्ट्र्रिय महिला दिवश २०२२ को अवसरमा सामाजिक न्याय र लौङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित भक्तपुर जिल्लामा युवाका साथ साथ आवाज नेपालको आयोजना र इह्रिकन, हामी दाजु भाई, युवालय,योसान संस्थाहरुको सहकार्यमा भक्तपुर जिल्लाका युवाहरु सँग चिया गफ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सरिता कुवँरले नारीको समान भए मात्र समाज र राष्ट्रको विकास हुने र नारी माथि हुने हिंसा दुव्र्यवहार विभेदहरुलाई न्युनिकरण गर्न युवाहरुको निकै ठुलो भुमिका रहेको बताउँनु भयो ।
त्यसै गरि गैसस महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको आयोजनामा र इह्रिकन, मानविय आस्था नेपाल, टौमढी युथ क्लब, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, मानव अधिकार तथा विकास मञ्च, याभ नेपालको सहकार्यमा अन्तराष्ट्र्रिय महिला दिवशको अवसरमा पाचँतले मन्दिर अगाडि दिप प्रज्ज्वलन कार्यक्रम गरि महिला दिवश मनाइएको थियो कार्यक्रममा जिसस उपप्रमुख सरिता कुवँर, सुर्यविनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु, युवाहरु लगायतको सहभागिता रहेको थियो ।

साथै इह्रिकनको आयोजनामा ललितपुर जिल्लाको गोदवारी नगरपालिका वडा नं.१२ ठेचोमा स्थानीय नागरिकहरुको अगुवाइमा दिप प्रज्ज्वलन गरि मनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु