तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भंगारालाई भलिबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते, शुक्रबार १९:०५

काठमाडौं, फागुन २७ गते ।
भंगारा युवा क्लबले दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
स्याङजाको सिरुवारीमा भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित ग¥यो । भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगितामा महाशिला युवा क्लब तेश्रो भयो । महाशिलाले खेवाङ युवा क्लबलाई २२–२५, २५–२३ र २५–१८ ले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।
भंगाराका राजकुमार नेपाली उत्कृष्ट खेलाडी चुनिदै १० हजार नगद पुरस्कार जिते । खेवाङ युवा क्लब अनुशासित टिम चुनियो । खेवाङले १० हजार नगद पुरस्कार हात पा¥यो ।
विजेतालाई स्याङजाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ, हिमबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु