दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्क्वासको साधारण सभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते, शनिबार २२:१३

काठमाडौँ, फागुन २८ । नेपाल स्क्वास राकेट्स संघको १३ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
स्क्वास राकेट्स संघ अध्यक्ष किशोर महर्जनले कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष नेपालमा स्क्वासको खासै प्रतियोगिता हुन नसकेको तर आगामी वर्ष स्क्वास सक्रिय हुने भनाई राख्नुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने मात्र नभई अन्य खेलका खेलाडीलाई पनि स्क्वास खेल्न प्रेरित गर्नेछौँ, भन्नुभयो । अध्यक्ष महर्जनले आगामी वर्षको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभयो । यसैगरी, कोषाध्यक्ष रुपकदास ताम्राकारले यस आर्थिक वर्षको आयव्यय विवरण र आगामी आर्थिक वर्षको अनुमानित वजेट प्रस्तुत गर्नुभयो ।
स्क्वास संघका सल्लाहकार धु्रवबहादुर गुरुङले नेपालमा यस खेलको राम्रो पूर्वाधार रहेपनि खेलाडी सङ्ख्या न्यून भएको हुँँदा स्क्वास एकेडेमी स्थापना गरेर स्क्वास खेलाडी उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठले साधारण सभाको सफलताको कामना व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु