दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुद्ध एकेडेमीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार १८:१९

बुद्ध एकेडेमीलाई उपाधि
बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले इस्ट पोललाई ८१–१३ को फराकिलो अन्तरले पराजित ग¥यो । न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित त्रिकोण पब्लिक स्कुलमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । अनुशासित टिमको उपाधि त्रिकोण पब्लिक स्कुलले हात पा¥यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्षहरु नारायणबहादुर सुवेदी, रमेश अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको गोरक्ष स्पोर्टिंङ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक रञ्जनकुमार सापकोटाले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु