दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मलेसियाले माग्यो सदस्यता शुल्क फिर्ता (पत्रसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार २०:५३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले केन्द्रीय सचिवालयसँग सदस्यता शुल्क फिर्ता मागेको छ। एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापा र महासचिव रंजित क्षेत्रीले कामचलाउ अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै सदस्यता शुल्क फिर्ता मागेका हुन्।

‘वर्तमान कामचलाउ नेतृत्वले विधान विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने, ७० प्रतिशत सदस्यहरुले बिरोध गर्दा पनि एनसीसीहरुलाई तेत्तीकै दबाब दिने, विधानको अपव्याख्या गर्ने जस्ता कामहरु गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा लेखिएको छ।

‘वर्तमान नेतृत्वले संस्था र यसका सदस्यहरुको हित सुनिश्चित गर्न सक्छ भन्ने विश्वास नभएकाले हामीले एनसीसी मलेसियाको तर्फबाट केन्द्रमा पठाएको सदस्यता शुल्क अविलम्ब एनसीसीमै फिर्ता पठाइ दिनु हुन अनुरोध गरेका छौ अध्यक्ष थापाले बताए । हाल जारी विवाद समाधान गरी विधिसम्मत रुपमा नयाँ नेतृत्व चयन भए पछि हामीले सदस्यता शुल्क फेरि केन्द्रलाई पठाउने जानकारी गराउँ छौं, महासचिव क्षेत्रीले भनेका छन्।

हेर्नोस् एनआरएन मलेसियाका अध्यक्ष थापा र महासचिवले लेखेको पत्र :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु