दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय नारी सम्मान २०७८ बाट उर्मीला सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते, सोमबार ४:२४

काठमाडौ । लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल उर्मीला उप्रेती सिलवाल विगत लामो समय देखि शिक्षा र सामाजिक क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याए बापत ” राष्ट्रिय नारी सम्मान २०७८” बाट सम्मानित भएकी छिन् ।

काठमाडौमा शनिबार फोकस नेपालले आफ्नो नवाैं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको “बर्तमान शिक्षा नीति र आगामी चुनाैतीहरू” भूमिका” विषयक विचार गोष्ठी तथा कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उर्मीलालाई सम्मान गरेका हुन् ।

मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधिको ताज पहिरीएकी उर्मीला क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक,आरसी सेन्टर लुम्बिनीको भिपि,नेपाल नियमित रक्तदाता संघ भिपि,मन्टेश्वरी एसोसिएसन अफ भैरहवाको भिपि जस्ता संघसंस्थामा रहेर काम गरिरहेकी छिन्।

सम्मानित भए पछि उर्मीलाले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै शिक्षा तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

वार्षिक समारोहमा संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षता, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङको विशिष्ट आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु