तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को शिर्ष ताज जेनीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते, सोमबार १५:१०

बिर्तामोड — फाल्गुन ३०, २०७८।

शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् ।

पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी हात पारे ।

नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए।

प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजमा एक सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ पुकार कार्कीले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु