दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते, सोमबार १७:२६

काठमाडौं, फागुन ३० गते ।
भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । यु–१५ पुरुष÷महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष÷महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’
आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने छ ।
आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत अतिथि सत्कारमा सुरेन्द्र प्रजापति, पुरस्कारमा सविन ढुंगेल, प्राविधिकमा चन्दन कोजू, खेलस्थलमा गणेशराम मुस्याख्व र स्वयंसेवकमा राधेश्याम मचामसी संयोजक तोकिएका छन् ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिदै खेल सामाग्री उपलब्ध गराउने विषयमा पनि कुराकानी भइरहेको बताए । उनले खेलाडीको वरीयता निर्धारणमा पनि प्रतियोगिताले मान्यता पाउने बताउदै स्थापनाकालदेखि भक्तपुर जिल्ला ब्याडमिन्टनले खेलको विकासमा चलायमान रहँदै योगदान पु¥याइरहेको धारणा व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु