साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

प्रधान कार्यालयद्वारा २ हजार २ सय ६५ प्रहरीलार्इ कारवाही

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २५ गते, सोमबार ०८:२१

काठमाडौँ, २५ भदौ – प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो ।

कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ ।

कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हबल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन् । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री गैर व्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

“सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारवाहीमा पर्नसक्छ,”– उहाँले भन्नुभयो । हाल नेपाल प्रहरीमा ७५ हजार बढी प्रहरी जवानदेखि अधिकृतसम्म कार्यरत छन् जसमध्ये छ हजार हाराहारीमा महिला छन् । हाल नेपाल प्रहरीको सङ्गठन केन्द्रदेखि स्थानीय तहसम्मै रहेको छ ।

श्राेतः onlinenepalgunj.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु