दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रामीण आदर्श क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २ गते, बुधबार १८:२२

प्रविण थपलिया,
काठमाडौं , २ चैत्र । ग्रामीण आदर्श कलेज नेपालटारमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन गरिएको छ ।

कलेजमा अध्यापनरत प्राध्यापकहरुको बुधबार कलेजमा भएको भेलाले विष्णुहरि सिलुवालको सभापतित्वमा १३ सदस्यीय समिती गठन गरेको हो । समितीको उपसभापतिमा श्रीराम पुडासैनी , सचिवमा हरिशरण खतिवडा , कोषाध्यक्षमा नरेश्वर पौडेल रहेका छन । त्यस्तै सदस्यहरुमा एन्जिला महत , अशोक महर्जन, उदयराज दाहाल दिनेश लामिछाने, दिपक भट्टराई, सहदेव पाठक,रमेश अधिकारी र किशोर गौतम रहेका छन ।

त्यस्तै गरी समितीको सल्लाहकारहरुमा माधव कुमार रावत, गुरुप्रसाद ढकाल , डा श्रीराम खनाल , सन्तोष पण्डित दिपक आचार्य, उपेन्द्र घिमिरे, कृष्णा कुमार झा चयन गरिएको सचिव हरिशरण खतिवडा ले जानकारी गराउनु भयो ।
खतिवडा ग्रामीण आदर्श क्याम्पस का पुर्ब स्व बी यु सचिव , नेबी संघ का पुर्ब अध्यक्ष , सोही क्याम्पसबाट स्नातकोत्तर सम्म अध्ययन गरि केही वर्ष देखि त्यस क्याम्पस मा अध्यापनरत छन्।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामुदायिक क्याम्पसका प्रध्यापकहरु अहिले शोषणमा परेका, कम सेवा सुविधामा आफ्नो बौद्धिक श्रम बेच्न बाध्य भएका ले
सामुदायिक क्याम्पसका अध्यापनरत प्राध्यापकहरूलाई पनि त्रि वि का प्रध्यापक सरह सेवा सुविधा दिनुपर्ने माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु