
–शिव अधिकारी
युक्रेन् पसेछ भुंग्रामा के भयो के भयो त्यहाँ
सबै मानब जातिको चिहान खनियो जहाँ
किन मूर्ख बन्यो साशक खनिदै छ गरागरा
मान्छे खाल्टो भरि देख्छु पुरिएका कठैबरा ।। १ ।।
यस्तो दोषी अरु ह्वैन हैकमबादी अमेरिका
उकास्छ पार्छ खरानी भाग्छ फेरी बनि फुका
ऐले जेभेन्स्की त्यो फुच्चे चुरिदै छ अझै पनि
के होला चितुवा सामू वलिको बकरी बनि ।। २ ।।
स्वाभिमानी रसियायी युक्रेनीहरुमा कति
सम्वन्ध आत्म सम्मान विस्कुन झै छ जे जति
त्यो कुरा मास्छु लौ भन्दै वायो ल्याव बनाउन
विश्वलाई धुलो पार्दै अम्रिका चै रमाउने ।। ३ ।।
संसारै ध्वस्त पारेर आफै मात्र ठूलो हुने
जमाना अव सकियो बुझ्न त्यस्ले सक्यो भने
हुँदैन जनता जागे संसारै अब क्रुद्ध भो
अमेरिकालौ नउक्साउ फुच्चे लाग्दैन है उभो ।। ४ ।।
बरु मध्यस्थत गर्नु सम्बृद्ध त्यो समाजको
प्रकृति हासि राखेको सस्कृति छ सुभाषको
राम्रो देश भयो ध्वस्त के मज्जा भो र के जित्यौ
अपराधी सबै भन्छन पगरि गुथ्नु थ्यो गुथ्यौ ।। ५ ।।
सिगौरी खेल्छ भित्तामा पुच्चे सान जमाउन
अर्को उकास्न खोज्दैछ दायाँ हात बनाउन
प्रभुत्व मात्रमा मान्छे मासिदैछ पटा पट
घमण्डले जल्यो देश आगो निभाउ झट्पट ।। ६ ।।


