दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रथम बागमती प्रदेश खेलकुद ललितपुर र मकवानपुर फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ४ गते, शुक्रबार २०:५२

प्रथम बागमती प्रदेश खेलकुद
ललितपुर र मकवानपुर फाइनलमा

ललितपुर र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो ।
अर्को सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ को फराकिलो गोलअन्तरले हरायो । मकवानपुरका समिरराज ठोकरले २ तथा ललित राजवंशी, अमिर श्रेष्ठ र अनिश महर्जनले १–१ गोल गरे । दोलखाका स्वयं श्रेष्ठले सान्त्वना गोल गरे । फाइनल आइतबार हुने छ ।
पुरुष टी– २० क्रिकेटमा काभ्रे र मकवानपुर सेमिफाइनलमा पुगे । काभ्रेले भक्तपुरलाई ८ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १३० रन बनायो । निश्चय थापाले ४५ रन जोडे ।
जवाफमा काभ्रेले १२.५ ओभरमा २ विकेट गुमाउदै १३३ रन बनायो । सुवास खकुरेलले नटआउट ७४ रन जोडे ।
मकवानपुरले ललितपुरलाई ७४ रनको फराकिलो अन्तरले हरायो । सुरुमा ब्याटिङमा उत्रेको मकवानपुरले १९.१ ओभरमा अलआउट हुनुअघि १५८ रनको योगफल खडा ग¥यो । गौरव खड्काले ७७ रन जोडे । ललितपुर २० ओभरमा ८ विकेट नोक्सानीमा ८४ रनमा समेटियो । फरिद खानले २१ रन जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु