
काठमाडौ ।नेपाल बक्सिंग संघको तत्वावधान तथा प्राविधिक सहयाग एवं खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा यहि मिति २०७८ चैत्र ५ गतेदेखि ७गतेसम्म सातदोबाटोमा अधिराज्यव्यापी स्कुल व्वाय तथा गल्र्स बक्सिङ्ग प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।
देशभरीका २२ वटा जिल्ला, क्लब तथा स्कूलहरुका १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरुको सहभागिता रहेको छ । स्कुल बक्सिङ्ग प्रतियोगिताका सम्पुर्ण खेल आईबा तथा नेपाल बक्सिङ्ग संघको नियमअनुसार खेलाईने छ । उक्त प्रतियोगितामा खेलाईने महिला तथा पुरुषको सम्पुर्ण खेलहरु १ मिनेट ३० सेकेण्डको ३ राउण्डसम्म खेलाईने छ र बीचमा १ मिनेटको आराम दिईनेछ ।
समावेश तौलसमुहहरु निम्नानुसार रहनेछन् ।
(उक्त प्रतियोगितामा पुरुषतर्पm तौल समुहमा ३५ किलो, ३७ किलो, ४० किलो, ४३ किलो, ४६ किलो र ४९ किलो ५२ किलो, ५५, किलो ५८ किलो ६१ किलो गरी जम्मा १० वटा तौल समुह र महिलातर्पm ३५ किलो, ४० किलो, ४३ किलो, ४६ किलो, ४९ किलो, ५२ किलो, ५५ किलो, ६० र ६३ किलो गरी जम्मा ९ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन गराईनेछ ।
२०२२ को अप्रिलमा फुकेटमा हुने थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ्ग प्रतियोगिताको खुल्ला छनौट खेल पनि यहि प्रतियोगिताको समयमा गराईने छ भने स्कुल बक्सिङ्ग प्रतियोगिता आउदो नोभेम्बरमा बहराईनमा हुने एएसबीसी एशियन स्कुल व्वायज एण्ड गल्र्स बक्सिङ्ग प्रतियोगिताको प्रारम्भिक छनौटको आधार पनि रहने छ । उक्त प्रतियोगिताको समयमा नेपालले १३ औ सागमा स्वर्ण पदक विजेता तीन जना खेलाडीहरु, ६० केजीका सनिल शाही, ६४ केजीका भुपेन्द्र थापा मगर र महिलातर्फ ५४ केजीमा स्वर्ण पदक विजेता मिनु गुरुङ्गलाई मुख्य प्रशिक्षकको तर्फबाट जनही रु. एक एक लाख नगद पुरुष्कार समेत प्रदान गरिने छ । भोलीको उदघाटन खेलहरु दिनको ठिक २ बजे देखि शुरु हुने छ । उद्घाटन समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन रहनु हुनेछ ।


