दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उपत्यकाव्यापी कुङफु शनिबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ९ गते, बुधबार २०:०८

काठमाडौं, चैत ९ गते ।
नेपाल कुङफु संघ, दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडीको सहभागिता रहने आयोजक शाखा प्रशिक्षक शंकर बलामीले जनाएका छन् ।
सान्डातर्फ पुरुष÷महिला सान्डा र थाउलोमा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर, सब–जुनियर र सिनियरमा प्रतिस्पर्धा हुने छ । १२ मध्ये १० स्पर्धामा उत्कृष्ट खेलाडी चयन गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक शाखाका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु