तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्वस्तिश्रीलाई यु–१२ फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १० गते, बिहीबार १९:२६

काठमाडौं, चैत १० गते ।
स्वस्तिश्री आईबी वल्र्ड स्कुलले यु–१२ जिनियस कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित ग¥यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे । त्यसअघि सेमिफाइनलमा स्वस्तिश्रीले काठमाडौं वल्र्ड स्कुललाई ५–० तथा रिब्सले आयोजिक जिनियसलाई १–० गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी तथा रिब्सका आयुश केसी उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका स्वस्तिश्रीका लबिम तामाङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । काठमाडौं वल्र्ड स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका प्रिन्सिपल राजेशकुमार जोशी र जिनियसका एकेडेमिक हेड प्रदीप वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ११ विद्यालयका १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु