दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिजित्सु टोली बहराइन जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ४:५७

काठमाडौ ।छैटौं एसियाली जिजित्सु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहितको नेपाली जिजित्सु टोली शनिबार बहराइनको मानामा जाने भएको छ ।
चैत १४ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६९ केजीमा कोसिश श्रेष्ठ र ७५ केजीमा सन्तोष खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जिजित्सुमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाइएको छ ।
टिम प्रशिक्षकमा मेघबर चेम्जोङ छन् । नेपाल जिजित्सुका अध्यक्ष दयाराम पाण्डे पनि वार्षिक साधारण सभामा भाग लिन बहराइन जाने छन् । अध्यक्ष पाण्डे सोमबार मात्र त्यसतर्फ प्रस्थान गर्ने छन् ।
प्रतियोगिताको तयारीका लागि खेलाडीलाई १ महिनादेखि बन्द प्रशिक्षणमा राखिएको प्रशिक्षक चेम्जोङले जानकारी गराए । उनीहरुले नारायणचौरस्थित रेज फिट्नेसमा प्रशिक्षण गरिरहेका छन् ।
यात्राका लागि खेलाडीको प्रायोजन होन्डाले गरिदिएको बताइएको छ । अन्य सहयोगीमा रेज फिट्नेस, सेन्ट जेभियर्स ब्याच अफ १९९० र ओमेगा च्याम्पियनसिप रहेका छन् ।
टोलीलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले शुक्रबार एक कार्यक्रमबीच विशालनगरमा बिदाइ गरे । जिजित्सु मार्सल आर्ट्सको एक विधा हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु