दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अनिल र दीपा च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १३ गते, आईतवार २२:२७

अनिल र दीपा च्याम्पियन
आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए ।
ललितपुरको मंगलबजारमा भएको प्रतियोगिताको महिला ४५ केजीमुनि फाइनलमा दीपाले सो क्योकुसिनकी एलिना बमजनलाई हराइन् । पाकोकी सलोनी नगरकोटी तेश्रो र ज्यासमिन दंगाल चौथो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष चार स्थानमा रहने क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मा, आईएफकेका ब्रान्च चिफ गणेशललाल कक्षपति, आयोजकका अध्यक्ष सुजन देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको ललितपुर महानगरपालिकाकी उप मेयर गीता सत्यालले उद्घाटन गरेकी थिइन् । प्रतियोगिता १६ पुरुष र ९ महिला गरी २५ खेलाडी सहभागी थिए । पुरुष÷महिलामा १–१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । समापनका अवसर खेलाडीहरु भुपेश शाक्य, महेश केसी र सञ्जय राईलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु