दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनएको १० औ विश्व सम्मेलन सम्पन्न : आचार्य, थापा र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १४ गते, सोमबार १३:१४

मनिशा अर्याल काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न भएको छ।

तीन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो र अन्तिम बैठकको अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ । अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापन समारोहमै पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेश श्रेष्ठ, हेमराज शर्मा, आरके शर्मा, डिबी क्षेत्री, रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द), नारायण आचार्य, नरेन्द्र भाट, धर्मराज अधिकारी, भुषण घिमिरे, दुर्गा आचार्य र जयप्रकाश गुरुङ यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र यश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, हिमाल गुरुंग र रोशन थापा चयन भएका छन । यस्तै महासचिवमा डा केशव पौडेल र गौरीराज जोशी, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा प्रबिन गुरुंग, खगेन्द्र न्यौपाने, चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिनी पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा लोक दाहाल,सुनील शाह र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होमनाथ शर्मा, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन । यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन । संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह–कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष–३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।
संसोधित विधान अनुसार महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ । क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।

महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ ।जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेस्ठ’गोर्खाली’,राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा,अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल रहेका छन । यसै गरि महिला संयोजकमा सरिता भण्डारी , संगिता कार्की रहेका छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित भएका छन । यसैगरि मध्यपुर्व युवा संयोजकमा सुभाश केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी, मिनराज वाग्ले रहेका छन ।

एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई,दिपक कँडेल,नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहेका छन । महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहेकी छन भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत भएका छन ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा। नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहेका छन । यस्तै महिला संयोजकमा वर्षा खड्का , पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहेका छन । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहेका छन ।

अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत,तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित भएका छन । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहेका छन । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहेका छन भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीएका छन ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहेका छन भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहेका छन । महिला संयोजकमा केसना लिम्बु , डा। सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन भएका छन ।
यसैगरि, ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा रहेका छन । महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद रहेका छन । सबै उम्मेदवारले एकहप्ता भित्रमा सँस्थालाई उम्मेदवारी फी तिरेर आफ्नो सर्टीफिकेट लिन निबर्तमान अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु