तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, बुधबार १४:३०

काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो ।

प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्।

त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर्फबाट आश्रा बोहरा र पूरुष तर्फबाट प्रसिस चौलांगाँई भएका छन्। कार्यक्रम पूर्ण रुपमा सफल भएको कार्यक्रमका अर्गनाईजर महेश के.सी.ले बताए। कार्यक्रममा जजहरु रुष्का श्रेष्ठ, जीवन गिरी, सुवर्ण खड्का, प्रमिला, अभिविन्द खानिया, आकांक्षा भट्टराई रिमाल, सनिस शाक्य, पवन आचार्य, धिरज तन्डुकार, ईरीना श्रेष्ठ र अनिसा शाक्य रहेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु